Tuesday, June 9News That Matters

जम्मु कश्मीरमा आक्रमणमा परी ५ भारतीय सेनाको मृत्यु

पूर्णपुष्टि, बैशाख ८ । जम्मु-कश्मरीमा आक्रमणमा परी ५ भारतीय सेनाको मृत्यु भएको छ । जम्मु-कश्मीर को पुँछ भन्ने स्थानमा सेनाको गाडीमा ग्रिनेड आक्रमण हुँदा ५ सेनाको मृत्यु भएको भारतीय सेनाले जनाएको छ ।

भारतीय सेनाका अनुसार यस आक्रमणमा चरमपन्थी समुहको हात रहेको छ । भारतीय सेनाको नर्दन कमाण्ड हेडक्वाटरबाट जारी विज्ञप्ति अनुसार बिहीबार दिउँसो करिब ३ बजे सेना चढेको गाडीमा चरमपन्थीहरुले हाते ग्रिनेडले आक्रमण गरेका उल्लेख छ । त्यसपछि गाडीमा आगलागी भएको थियो ।

यस आक्रमणमा परी राष्ट्रिय राइफल्सका पाँच जवानको मृत्यु भएको छ । ती जवानहरु सो क्षेत्रमा चरमपन्थीहरुविरुद्ध चलाइएको अभियानमा तैनाथ थिए ।आक्रमणमा एक जना गम्भीर घाइते भएको र उनको उपचार रजौरीस्थित सैनिक अस्पतालमा भइरहेको भारतीय सञ्चार माध्यमले जनाएको छ ।