Tuesday, June 9News That Matters

रुसी विमानले आफ्नै जमिनमा खसायो बम

पूर्णपुष्टि, बैशाख ८ । रुसी लडाकु विमानले आफ्नै जमिनमा बम खसालेको छ । युक्रेनको सिमाना नजिकै बियलग्रट शहरमा विमानले बम खसाल्दा धेरै भवनहरुमा क्षति पुगेको र दुई जना महिला घाइते भएको बीबीसीले जनाएको छ ।

रुसी लडाकु विमानबाट आफ्नै शहरमा बम खसेको रक्षा मन्त्रालयले पुष्टि गरेको छ । बम खसेको स्थानमा ६० फिट गहिरो खाडल बनेको क्षेत्रीय गभर्नर भ्याचेस्लाभ ग्ल्याडकोभले जनाएका छन् । स्थानीय समय अनुसार राति १०ः१५ बजे भएको यो घटनाको अनुसन्धान भइरहेको रुसी अधिकारीहरुले बताएका छन् ।

प्रारम्भिक अनुसन्धानबाट दुर्घटनाबस यस्तो भएको पत्ता लागेको छ । त्यहाँ करिब साढे ३ लाख मानिसको बसोबास रहेको अनुमान छ । बियलग्रट शहरबाट युक्रेनको सिमाना २५ माइल टाढा छ ।