
पूर्णपुष्टि, चैत २ । चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालयका कृषी संकायका डिन प्रा.जयप्रकाश दत्त निलम्बनमा परेका छन् । उनले जुम बैडकमा महिला कर्मचारीमाथि अश्लील हर्कत गरेका थिए । उक्त भिडियो सार्वजनिक भएपछि उनलाई निलम्बन गरिएको कृषि तथा वन विज्ञान विश्वविद्यालयले जनाएको छ ।
सामाजिक सञ्जालमा देखिएको विषयवस्तु सम्वेदनशील देखिएको हुँदा सत्यतथ्य छानबिनका लागि समिति गठन भएको विश्वविद्यालयका उपकुलपति पुण्य रेग्मीले बताए । रेम्मीका अनुसार छानविन समितिको प्रतिवेदन प्राप्त भई निर्णय नहुञ्जेलसम्मका लागि दत्तलाई निलम्बन गरिएको हो ।
सो जुम बैठकमा कृषि संकायका ६३ जनाभन्दा बढीले सहभागीता जनाएका थिए । उनले अडियो म्युटमा राखेका थिए भने भिडियो अनमा नै रहेको थियो । उनले पहिलो ४ बर्षे कार्यकाल पुरा गरी दास्रो कार्यकालको लागी २०७७ कात्तिकमा डिन नियुक्त भएका थिए ।
