Wednesday, June 10News That Matters

भारतिय सेनाको चिता हेलिकप्टर दुर्घटना

पूर्णपुष्टि, चैत २ । भारतको अरुणाञ्चल प्रदेशमा लेफ्टिनेन्ट कर्नेल र मेजर सवार चिता हेलिकप्टर दुर्घटनामा परेको छ । बिहिबार अरूणाञ्चल प्रदेशको बमदिला नजिक हेलिकप्टर दुर्घटना भएको इन्डियन एक्सप्रेसले जनाएको छ ।

आज बिहान सवा ९ बजे हेलिकप्टरले एटिसीसँग सम्पर्क तुटेको थियो । हेलिकप्टर पश्चिमी बमदिला मन्डला क्षेत्रमा दुर्घटना भएको र खोजी कार्यको काम थालिएको भारतिय सेनाले जनाएको छ । सेनासँग भएको सबैभन्दा पुरानोमध्ये एक हेलिकप्टर दुर्घटनामा परेको हो ।