
पूर्णपुष्टि, उदयपुर कार्तिक १९ गते ।
यतिवेला देशभर जेनजी नेतृत्व चयनको काम अघि बढीरहेको छ । प्रदेश सँगै देशभरकै जिल्लाहरुमा संयोजक तोक्ने क्रममा प्रदेश नं १ (कोशी) को पनि बिभिन्न जिल्लाहरुमा जेनजी संयोजक तोक्ने काम भैरहेको छ । यसै क्रममा उदयपुर जिल्लामा भने सुरेन्द्र साम्पाङ राईलाई जेनजी संयोजक बनाईएको छ । राई जेनजी युवा नेतृत्वका लागि अब्बल ब्यक्ति पनि हुन् ।

सामाज र देशका लागि केही गर्छु भन्दै अघि बढिरहेका राईले उदयपुरमा जेनजी आन्दोलनको नेतृत्व समेत गरेका थिए । २४ र २५ गते दुवै दिन राईले जेनजीहरुको आन्दोलनलाई नेतृत्व गरेका थिए । उनले अराजक गतिविधि रोक्ने प्रयासका साथ आन्दोलन सम्हाल्दै गर्दा पनि गलत समूहले आन्दोलन भड्काएका थिए । त्यस पश्चातको चुनौती पूर्ण अवस्था र समयलाई आत्मसाथ गर्दै अघि बढिरहेका राईलाई केन्द्र र प्रदेशले जेनजी संयोजकको जिम्मा दिएको हो ।

प्रदेश नं १ (कोशी) स्थित उदयपुरमा साम्पाङ सँगै धनकुटामा सिरज जोशी, पाँचथरमा कुशल जबेगु लिम्वु, ओखलढुँङगामा सुजन वाम्वुले राई, संखुवासभामा नगेश राई, इलाममा भिमसेन लिम्वु, सोलुखुम्वुमा करिना राई र सुनसरीमा नविन राईलाई संयोजक तोकिएको छ । बाँकी अन्य जिल्लाहरुमा पनि संयोजक तोक्ने काम अघि बढिरहेको छ । यता प्रदेशमा भने उपार्जुन चाम्लीङ राई संयोजकको रुपमा रहेको छ ।
यी हुन प्रदेश संयोजक सहित प्रदेश नं १ (कोशी) का बिभिन्न जिल्लाहरुमा बनिसकेका जेनजी संयोजकहरु







