
पूर्णपुष्टि, ७ फागुन ।
त्रियुगा नगरपालिका १ जोगिदहको कंग सामुदायिक वन उपभोक्त समूह क्षेत्रमा अबैध रुपमा काठ चोरी निकासी भएको पाईएको छ । उक्त सामुदायिक वनको १ नं व्लक क्षेत्रमा पर्ने फुलजोर देखी माथी माथिल्लो दुधे भौडीमा काठ काटेर निकासी गरिरहेको पाईएको हो । उक्त समितिका सचिव सम्भु खड्काका अनुसार तिन ओटा टुन काट्दै गरेको अवस्थामा फेला परेका छन् भने अन्य काटेर लगिसकेको छ । गस्ती टोली बन क्षेत्रको अनुगमन जाने क्रममा काठ काटिरहेको अवस्थामा फेला परेका थिए ।

गस्तीलाई देखेपछि काठ काटिरहेको अवस्थाबाट तस्करहरु भागेका थिए । माघ २८ गते शनिवार गस्ती टोलीले उनिहरुलाई फेला पारेका थिए । फरार रहेका तस्करीहरु अझै पनि फेला पर्न सकेको छैन् । सचिव खड्काले आफुहरुले २९ गतेकै दिन डिभिजन वन कार्यालय गाईघाटमा निवेदन दिएपनि तस्कर फेला पर्न सकेको अवस्था छैन् । खड्काले यसको ढिलाई सुस्ती प्रति प्रश्न उठाएको छ । काठ काटिरहेको स्थानमा मोवाईल, भात पकाउने भाँडा बर्तन, खाने कुराहरु फेला परेका थिए । फेला परेका सामानहरु वन कार्यालयमै बुझाईएका छन् । सामान र मोवाईल बुझाएर बन बाट प्राविधिकहरुले मुचुल्कानै उठाईसकेको भएपनि कार्यालयले तस्कर पत्ता लगाउन सकिरहेको अवस्था छैन् ।

