Wednesday, June 10News That Matters

दोस्रो प्रदेश महोत्सवमा आज ७ गते राजेश पायल राई आउन नसक्ने

पूर्णपुष्टि, ७ फागुन ।
दोस्रो प्रदेश महोत्सवमा ७ गते राजेश पायल राई (राई इज किङ) सहभागी हुन नसक्ने भएको छ । ७ गतेको लागि राजेश पायल राईले महोत्सवमा सांगितिक प्रस्तुती दिने कार्यक्रम रहेको थिए । बिबिध समस्याका कारण राजेश पायल नआउने भएपछि ७ गतेको उनको प्रस्तुती रद्ध भएको हो । विदेशको कार्यक्रम सकेर (सोमवार) मात्रै नेपाल आईपुगेका राईले दोस्रो प्रदेश महोत्सवमा ७ गतेको कार्यक्रममा सहभागी जनाउन नसक्ने भन्दै आयोजकले क्षमा मागेको छ । राईलाई अन्य दिन ल्याउने आयोजकको तयारी छ भने आजको कार्यक्रमको लागि हांस्य कलकार ल्याउने तायरी रहेको छ । राई केहि दिन देखी कोरिया, दोहा कतार लगायतका विदेशको कार्यक्रममा थिए ।