Saturday, June 27News That Matters

झापाकी एक वृद्धा १२ दिनदेखि बेपत्ता

पूर्णपुष्टि, चैत ११ ।
झापाको मेचीनगर नगरपालिका–५ की ७० वर्षीया लीलामाया कार्की १२ दिनदेखि बेपत्ता भएकी छिन् । आमा हराएको १२ दिन बितिसक्दा समेत प्रहरीले खोजीकार्यमा कुनै चासो नदेखाएको भन्दै परिवार र स्थानीयवासीले गुनासो गरेका छन् ।
०७८ फागुन २९ गते घरबाट हिँडेकी लीलामाया हालसम्म नफर्किएपछि परिवार र आफन्त उनको खोजीमा दिनरात भौँतारिरहेका छन् ।
उनी ठूली छोरीकामा जान्छु भनेर घरबाट हिँडे पनि भोलिपल्टसम्म नपुगेपछि चौतर्फी खोजी गर्दासमेत फेला पार्न नसकेको उनका छोरा प्रेमकुमार कार्कीले बताए ।
‘हामीले आफन्तकामा खोजी सकिऊ, कुनै अप्रिय घटना पो भयो कि भनेर वनजङ्गल, खोलानाला सबै चाहरीसक्यौँ तर आमालाई भेट्न सकेनौँ,’ उनले भने ।
लीलामायाका जेठा ज्वाइँ यामप्रसाद मैनालीले आमा २९ गते अपराह्न २ः५५ बजे काँकडभिट्टाबाट सूर्याेदय यातायात चढेर पश्चिमतर्फ लागेको सिसीक्यामेराको फुटेज भेटिएको बताए ।
चैत १ गते नै आमा हराएको उजुरी प्रहरीलाई दिए पनि हालसम्म प्रहरीले कुनै जानकारी नगराएको उनको भनाइ थियो ।