Wednesday, June 3News That Matters

भाउजुको हत्या गरेको अभियोगमा देवर पक्राउ

पूर्णपुष्टि, चैत ११ ।
आफ्नै भाउजुको हत्या गरेको अभियोगमा प्रहरीले देवरलाई पक्राउ गरेको छ । ४० वर्षीया भाउजु रमकुम्री देवीको हत्या गरेको अभियोगमा फतुवा विजयपुर नगरपालिका–२ शितलपुर बस्ने ३५ वर्षीय बिन्दा महतोलाई बिहीवार बिहान प्रहरीले पक्राउ गरेको हो ।
पुरानो रिसिवीको कारण चैत ४ गते राती बिन्दाले बाँसको लाठीले हिर्काउदा गम्भीर घाइते भएकी उनको ट्रोसिटी अस्पताल वीरगञ्जमा उपचारको क्रममा हिजो मृत्यु भएको ईलाका प्रहरी कार्यालय सन्तपुरले जनाएको छ ।
पक्राउ परेका महतोमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।