Saturday, June 20News That Matters

टाउको, कान, ओठ, मुख, आँखा र दाँत जोगाउन हेल्मेट अनिवार्य लगाउन सन्देश बोर्ड रोखियो

पूर्णपुष्टि सम्बाददाता/गाईघाट, असार ६ ।
मोटरसाइकल कुदाउँदा हेल्मेट अनिवार्य लाउने कुरालाई प्रोत्साहित गर्दै उदयपुरको गाईघाट स्थित पूर्व पश्चिम बरुवा बसपार्कको मदन भण्डारी राजमार्ग किनारमा अाज बोर्ड राखिएको छ ।
हेल्मेटको ठूलो तस्बिरसहित हेल्मेटको महत्व दर्शाउने बोर्ड राखिएको हो । हेल्मेट शरीरको टाउको अन्तर्गतका महत्त्वपूर्ण अङ्गहरू जोगाउन अपरिहार्य कुरा रहेको बोर्डमा उल्लेख छ। हेल्मेटको अङ्ग्रेजी अक्षर HELMET को एचबाट हेड अथवा टाउको, इ बाट इयर अथवा कान, एलबाट लिप्स अथवा ओठ, एमबाट माउथ अथवा मुख, इबाट आइज अथवा आँखा र टिबाट टिथ अथवा दाँत जोगाउने जनाइएको छ । स्कुटर वा मोटरसाइकल चलाउँदा दुर्घटना भइहाले पनि हेल्मेटले टाउको अन्तर्गतका महत्वपूर्ण अङ्गहरू जोगाउने भएकाले अनिवार्य रुपमा लगाउन सन्देश दिइएको छ । यी अ‌ग जाेगिएमा दुर्घटनामा परेर घाइते भएकाकाे बाँच्ने सम्भावना बढी रहेकाे हुन्छ । राजमार्गमा यात्रा गर्ने चालक यात्रुहरूले बोर्डको दुवै तर्फबाट देखिने गरी राखिएको छ ।
अझ ट्राफिक चेकिङ पोस्ट नजिकै रहेको र सो ठाउँमा सार्वजनिक सवारी साधनहरूले टाइम कार्ड लिन अनिवार्य रोक्दा यात्रुहरूले हेर्न सक्नेछन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुर सँगको समन्वय र सहकार्यमा सक्रिय सुरक्षित सडक अभियान उदयपुरले अभियान अन्तर्गत लिबर्टी माइक्रो लाइफ इन्सुरेन्स लिमिटेड शाखा को सौजन्यमा बोर्ड राखिएको हो । लिबर्टी माइक्रो लाइफ इन्सुरेन्स लिमिटेड शाखा गाइघाटका प्रमुख शंकरकुमार सुनुवारका अनुसार सामाजिक उत्तरदायित्व निर्वाह गर्दै बोर्डको सौजन्य गरिएको हो । सुनुवार स्वयम् सुरक्षित सडक अभियानको सुरुवातदेखि अभियानताको रुपमा सक्रिय छन् । ट्राफिक प्रहरी, अभियानकर्मीहरु, नागरिकसमाज, चालक तथा सर्बसाधारणहरुको उपस्थिति र सामुहिक श्रमदानमा बोर्ड राखिएको हो ।

शुभयात्रा अभियानमा सुरक्षित सडक सन्देश दिदै श‌कर सुनुवार

खासगरी उदयपुरमा मदनभण्डारी राजमार्ग सञ्चालनस‌गै दुर्घटना बढ्दाे रहेकाे र त्यसमा सबैभन्दा बढी दुइपा‌ग्रे माेटरसाइकल र स्कुटी रहेकाले यस्ताे सन्देश प्रवाह बाेर्ड राखिएकाे हाे । सुरक्षित सडक अभियान अन्तर्गत यस्तै विभिन्न सिर्जनशिल कार्यहरु गर्दै रहेकाे अभियान स‌म्याेजक रमा मगरले बताउनुभयाे । यसअघि दुर्घटना क्षेत्रमा विभिन्न ट्राफिक सन्देशमुलक र सचेतमुलक बाेर्डहरु राखिएका छन् भने शुभयात्रा, माेटरसाइकल र्याली, पम्प्लेट, पाेष्टर प्रदर्शनी, अन्तरक्रिया जस्ता कार्यक्रम हुदै रहेकाे छ ।

अभियानले चालक र यात्रुहरुमा सतर्कता बढाएकाे छ भने दुर्घटनामा न्युनिकरण देखिएकाे छ । ट्राफिक प्रहरीका अनुसार अभियानले दुर्घटना न्युनिकरणमा भने टेवा पुर्याएकाे छ । सडककाे अवस्था जानकारी लिएर गति सिमितमा चलाए दुर्घटनाबाट जाेगिने देखिएकाे छ । अत्याधिक घुम्ती, चिल्लाे र उकालाे उरालाे रहेकाे मदनभण्डारी राजमार्गमा गति सिमित पारेर सवारी चलाउन सन्देश अभियानकर्मीहरुले दिने गरेका छन् । दुर्घटना पर्नेहरुमा बढीजसाे यस क्षेत्रकाे लागि नयाँ चालक रहेका छन् ।