Wednesday, May 20News That Matters

टिकटक बनाउने क्रममा चिप्लिएर दहमा लड्दा एक युवक बेपत्ता

पूर्णपुष्टि, साउन ११ गते ।
टिकटक बनाउने क्रममा चिप्लिएर सल्यानको कुपिण्डे दहमा लड्दा एक जना युवक बेपत्ता भएको छ । जिल्लाको तुलसीपुर उपमहानगरपालिका–६, दाङका अन्दाजी ३७ वर्षीय बेदबहादुर बस्नेत बेपत्ता भएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
सल्यानको कपुरकोट घर भएका उनी हाल दाङ बस्दै अएका थिए । प्रदेश प्रहरीका अनुसार मंगलबार दिउँसो उनी साथीहरुसँग कुपिण्डे दहको किनारमा टिकटक बनाइरहेको अवस्थामा चिप्लिएर तालमा खसेका थिए ।
खोजी कार्य जारी भईरहेको र अहिलेसम्म कुनै अत्तोपत्तो नलागेको प्रहरीले जनाएको छ । प्रहरीले खोजी कार्य जारी राखेपनि गोताखोरको टोली नभएकाले तालभित्र खोज्न समस्या भइरहेको प्रहरीले जनाएको छ ।