
पूर्णपुष्टि/उदयपुर, माघ ५ ।
संघीय प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उदयपुर निर्वाचन क्षेत्र नं. २ का लागि सशक्त टिकट दावी गरेका उदयपुरको लिम्चुङबुङ गाउँपालिकाका अध्यक्ष मेजरकुमार राईले पार्टीबाट टिकट प्राप्न नगरे पनि राजिनामा दिएका छन् । आउ दिउसो ४ बजे सामाजिक सञ्जालमा आएर अध्यक्ष राईले राजिनामा घोषणा गरेका हुन् । उनले दोस्रो पटक पनि स्थानीय तहको चुनाव जितेर अध्यक्ष दोहोर्याएका थिए ।
उनले पार्टीबाट टिकट नपाए पनि स्वतन्त्ररुपले भएपनि निर्वाचनमा उम्मेदवारको रुपमा उभिने संकेत गरेका छन् । उनले पदको लोभ भन्दा पनि जनता र ठाउँको विकासका लागि यो साहस गरेको बताएका छन् ।
“पालिका अध्यक्षको बाँकी कार्यकालका लागि लोभिने भन्दा भावि दिनमा जनताको विकास र समृद्धिको हुटहुटीले जनतामाझ चुनावमा जान राजिनामा दिएको हुँ ।” उनले भनेका छन् ।
राजिनामा पछि उनले दुईदुई पटक निर्वाचनमा जिताउने जनतालाई धन्यवाद ज्ञापन गर्दै आप्mनो काम र अभियानको बारेमा बोलेका छन् ।
