टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु, एक घाईते

पूर्णपुष्टि, मंसिर ११
भक्तपुरको सुर्यविनायक नगरपालिका–८ आदर्श चोक प्राईम बैंकको अगाडी टिपरले स्कुटरलाई ठक्कर दिँदा चालकको मृत्यु भएको छ । स्कुटरमा सवार एक जना गम्भिर घाईते भएका छन् ।

बा३ख ५४२३ नं को टिपरले सूर्यविनायकबाट जगातीतर्फ जाँदै गरेको बा५७ प३११३ नं को स्कुटरलाई ठक्कर दिएको थियो ।टिपरको ठक्करबाट मृत्यु हुनेमा धनकुटा राजारानी घर भई हाल ललितपुर कुसुन्ती बस्ने २४ वर्षीय अशिम लिम्बु रहेका छन् । दुर्घटनामा परि गम्भिर घाईते भएका ललितपुर पाटन बस्ने २६ वर्षीय सन्दीप महर्जनलाई डा इवामुरा अस्पताल, सल्लाघारीमा प्राथमिक उपचारपछि थप उपचारका लागि बिएण्डबी अस्पताल पठाएको प्रहरिले जनाएको छ ।

दुर्घटना पश्चात टिपर चालक दाङ घोराही–२ रामपुर घर भई हाल काठमाडौँ माछापोखरी बस्ने ३१ वर्षीय किरण कुँवर योगी फरार रहेका थिए । खोजी गर्ने क्रममा प्रहरिले उनलाई थिमिको राधेराधेबाट नियन्त्रणमा लिएको भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताए । पक्राउ परेका चालकलाई महानगरीय प्रहरी वृत्त जगातीमा राखी थप अनुसन्धान गरिरहेको गिरीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0