Wednesday, June 10News That Matters

नेकपा माओवादी केन्द्र त्रियुगा नगरको सम्मेलन खुल्ला तर्फ सम्पन्न, बन्द सत्र टाउन हलमा सुरु

पूर्णपुष्टि, मंसिर ११
नेकपा माओवादी केन्द्रका ऐतिहासिक प्रथम त्रियुगा नगर सम्मेलनको खुल्ला सत्र पिपलचोकमा सम्पन्न भएको छ । नगर भरिका १६ ओटै वडाहरुका अध्यक्षसहित कार्यकर्ताहरुको भेलामा कार्यक्रम सम्पन्न भएको हो ।

पार्टीका १ नं प्रदेश अध्यक्ष तथा संघिय सांसद सुरेश कुमार राईको प्रमुख आतिथ्यमा नगर सम्मेलनको खुल्ला तर्फको कार्यक्रम सम्पन्न भएको हो । बन्द सत्रको कार्यक्रममा गाईघाटको होटल टाउन हलमा हुने तयारी भईरहेको छ ।

खुल्ला सत्र कार्यक्रममा र्याली सहित बजार परिक्रमा, सांस्कृतिक कार्यक्रम, कोणसभा र खुल्ला सत्रको कार्यक्रम सम्पन्नको घोषणा गरी सम्पन्न भएको हो । कार्यक्रममा सांसद राई सहित पार्टीका नेताहरु किरण राई, मणि खम्वु लगायतको उपस्थित रहेका थिए ।

माओवादी केन्द्रको हाल देशैभर नगर सम्मेलन भईरहेको छ । सोही अन्गर्तत उदयपुर जिल्लाको आठ ओटै पालिकाहरुमा एकैसाथ सम्मेलन तथा नेतृत्व चुन्ने तयारी भईरहेको छ । शनिवार पार्टीका केन्द्रीय अध्यक्ष पुष्प कमल दाहाल (प्रचण्ड) ले सम्मेलनको उद्घाटन तथा सम्बोधन गर्दै कार्यक्रम सुरु गरिएका थिए ।

फोटोफिचर