Friday, June 26News That Matters

ट्रकको ठक्करबाट महिलाको मृत्यु, नाबालिका सहित ३ जना घाईते

पूर्णपुष्टि, भाद्र २८ गते ।
झापाको भद्रपुर नगरपालिका–२ को देउनिया पुलमा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु भएको छ भने नाबालिका सहित तिन जना घाईते भएका छन् । मृत्यु हुनेमा स्थानीय ३५ बर्षीया तुलसा खवास लामा रहेकी छिन् ।सोमवार दिउँसो झापाको पृथ्वीनगरबाट भद्रपुर तर्फ आउदै गरेको प्रदेश १–०१–००१ ख ३६५९ नम्बरको ट्रकले पैदल यात्री तुलसा खवास लामा र उनको २ बर्षीया छोरी रुक्सना लामालाई ठक्कर दिंदा ट्रक अनियन्त्रित भई पुलबाट खोलामा खसेर दुर्घटना भएको थियो ।

दुर्घटनामा घाईते भएका आमा छोरी र ट्रकका सह–चालक बिर्तामोड–२ झापाका २४ बर्षीय अनिल हस्दा र ५२ बर्षीय बुद्दलाल राजबंशीलाई उपचारको लागी प्रादेशिक अस्पताल भद्रपुर लगिएकोमा उपचारको क्रममा तुलसा खवासको मृत्यु भएको प्रहरीले जनाएको छ । घाईते तीनै जनाको बिएनसी अस्पताल बिर्तामोडमा थप उपचार भईरहेको छ ।

ट्रक चालक पाँचथर हिलिहाङ–६ का योगेश सिटौलालाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।