Friday, July 17News That Matters

नेपालबाट बच्चा चोरी भइरहेको हल्लाको पछी नलाग्न नेपाल प्रहरीको आग्रह

पूर्णपुष्टि, भदौ २८ गते ।
पछिल्लको केही दिन यता भारबाट आएका एक गिरोहले नेपालका बच्चा चोरी गरेको घटनामा कुनै सत्यता नभएको नेपाल प्रहरीले जनाएको छ । प्रहरीले एक सूचना जारी गर्दै सामाजिक सञ्जाल फेसबुक लगाएतमा भाइरल भएको बच्चा चोरीको घटना हल्ला भ्रामक मात्र रहेको जनाएको छ ।
पछिल्लो समय विभिन्न व्यक्तिले सामाजिक सञ्जालमा भारतबाट आएकाहरूले नेपालमा बच्चा चोरी गरिरहेको भन्दै भ्रम फैलाएपछि प्रधान कार्यालय, साइबर ब्यूरो भोटाहिटीले एक सूचना जारी गर्दै त्यस्ता भ्रामक हल्लाको पछि नलाग्न आग्रह गरेको छ । त्यस्ता घटनाबारे अहिलेसम्म उजुरी प्राप्त नभएको प्रहरीले जनाएको छ ।