
पूर्णपुष्टि, असार ९ । उदयपुरको सदरमुकाम गाईघाटमा ट्राफिक सप्ताहको अवसरमा आयोजित स्लो मोटरसाईकल प्रतियोगितामा सन्तोष मगर प्रथम भएका छन् । जिल्ला ट्राफिक कार्यालय उदयपुरले सप्ताहको चौथो दिन सोमबार गाईघाट स्थित पिपल चोकमा स्लो प्रतियोगिता गराएका थिए ।
प्रतियोगितामा सहभागी ३० जना मध्ये मगरले ४८.८२ सेकेन्ड सम्म बिस्तारै मोटरसाईकल चलाएर प्रथम स्थान हासिल गर्न सफल भएका हुन् । त्यस्तै राजु शाहले ४७.५१ सेकेन्ड सम्म बिस्तारै मोटरसाईलक चलाएर दोस्रो स्थान हासिल गरेका छन् भने बसन्त गजमेरले ४७.४४ सेकेन्डमा पुरा गर्दै तेस्रो भए । उदयपुरमा तिव्र गतिका कारण बढी दुर्घटना हुने गरेको भन्दै बिस्तारै सवारी साधन चलाउन सचेतना फैलाउने उदेश्यका साथ स्लो मोटरसाईकल प्रतियोगिता आयोजना गरिएको जिल्ला ट्राफिक कार्यालय उदयपुरले जनाएको छ ।

