
पूर्णपुष्टि, ९ असार ।
गाईघाटमा बिहिबारदेखी संञ्चालन भएको ५ दिने आधारभूत पत्रकारिता तालिम आज सम्पन्न भएको छ । गाईघाट स्थित त्रियुगा उद्योग बाणिज्य संघको भवनमा अयोजित तालिमको समापन भएको हो । तालिममा ३१ जनाले सहभागी जनाएका थिए । नयाँ पुस्ताहरुले पत्रकारितामा देखिएको आकर्षणलाई मध्यनजर गर्दै तालिम संञ्चालन गरिएको थियो । नेपाल घरेलु तथा साना उद्योग कार्यालय उदयपुरको आयोजना तथा नेपाल घरेलु तथा साना उद्योग महासंघ उदयपुरको समन्वय र नेपाल पत्रकार महासंघ उदयपुरको सहजीकरणमा तालिमको आयोजना गरिएको थियो । तालिममा सहभागीहरुलाई प्रमाण पत्र प्रदान गरिएको छ भने तालिमको सहजीकरण बरिष्ठ पत्रकार कौशल चेम्जोङ र पत्रकार भोटराज राईले सहजीकरण गर्नुभएको थियो ।

