
पूर्णपुष्टि,चैत ९ । ठगी मुद्धामा कैद तथा जरिवाना फैसला भएता पनी फरार रहँदै आएका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । फरार रहेका दुहवी नगरपालिका–१० का ३७ बर्षीय सञ्जय कुमार चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।
सम्मानित जिल्ला अदालत मोरङको २०७५÷०२२७ गतेको फैसला आदेशले चौधरीलाई ठगी मुद्धामा १ वर्ष ७ महिना कैद र ५६८४५०÷– रुपैयाँ जरिवाना तोकिएको थियो । कैद तथा जरिवाना तोकिएता पनी हाल सम्म फरार रहदै आएका चौधरीलाई ईलाका प्रहरी कार्यालय दुहवीबाट खटिएको प्रहरी टोलीले यही चैत्र ७ गते पक्राउ गरेको हो ।
पक्राउ परेका चौधरीलाई तोकिएको कैद तथा जरिवाना भुक्तानको लागी अदालत उपस्थित गराई कैद भुक्तानको लागी झुम्का कारागार पठाएको प्रहरीले जनाएको छ ।
