
पूर्णपुष्टि, कार्तिक २७
काठमाण्डौँ बाट ५ लाख नगद सहित ८ जना जुहाडेलाई प्रहरीले पक्राउ गरेको छ । स्थानीय नवराज पौडेलको तरकारी लगाउने जग्गामा टहरा बनाई बसेको स्थानमा पैसाको हारजित हुने गरी कौडा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसरका प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए ।
उनिहरुलाई काठमाडौँको गैरीगाउँस्थित जुवाको खालबाट पाँच लाख रुपैयाँसहित आठ जनालाई प्रहरीले पक्राउ गरिएको प्रहरी उपरीक्षक बस्नेतले जानकारी दिए । कौडा खेलिरहेको छ भन्ने विशेष सूचनाका आधारमा महानगरीय प्रहरी वृत बौद्धबाट परिचालित प्रहरी टोलीले शुक्रबार राति उनीहरुलाई पक्राउ गरेको हो । कौडाको खालबाट पाँच लाख ११ हजार ५०० नगद रुपैयाँसमेत बरामद गरिएको परिसरले शनिबार एक विज्ञप्ति जारी गरी जनाएको छ ।
