Thursday, July 30News That Matters

ढिम्कीमा पुरुषको शब फेला

पूर्णपुष्टि/उदयपुर, साउन १४ गते ।
उदयपुरको त्रियुगा नगरपालिका ११ ढिम्कीमा आज एक पुरुषको बेवारिसे शब फेला परेको छ । ढिम्कीको बरुवा खोला झोलुङ्गे पुल छेउमा एक पुरुष मृत अवस्थामा फेला परेको हो । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी निरिक्षक विष्णु बहादुर खड्काका अनुसार मृतक पुरुष मधेसीमुलको जस्तो देखिन्छ । उसको पहिचान हुल्न सकेको छैन । आफन्तको खोजी गरी पहिचानको प्रयास भईरहेको छ ।
घटनास्थलको प्रकृति हेर्दा पुलबाट लडेको हुनसक्ने अनुमान गरिएको छ । टाउकोमा चोट देखिएको छ । छेउमा रक्सीको बोतल पनि फेला परेको छ । उनको साथमा परिचय खुल्ने कुनै पनि कागजात भेटिएको छैन ।
शबलाइ पाेष्टमार्टमका लागि उदयपुर अस्पताल लगिएकाे प्रहरीले जनाएकाे छ । साथै घटनाकाे बारेमा थप अनुसन्धान भइरहेकाे जनाइएकाे छ ।