Sunday, June 28News That Matters

तमोर नदिले बगाएर ३ जना बेपत्ता

पूर्णपुष्टि, असार २८

तमोर नदिले बगाएर तीन जना बेपत्ता भएका छन् । ताप्लेजुङ र तेह्रथुम जिल्लाका विभिन्न ठाउँमा तमोर नदिले बगाएर तीन जना बेपत्ता भएका हुन् ।

ताप्लेजुङ फक्ताङलुङ गाउँपालिका–६ का ५७ वर्षीय कालुमान ताक्मादेन लिम्बुलाई सोमबार दिउँसो २ बजे सिजनेमा खोले बगाएर तमोर नदिमा पुर्याई बेपत्ता बताएको प्रहरीले जनाएको छ । बेपत्ता लिम्बुको खोजी कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

त्यस्तै तेह्रथुम आठराई गाउँपालिका–५ होडाका १५ वर्षीय सन्तोष तामाङ र १८ वर्षीय रन्जित शेर्पालाई सोमबार दिउसो ३ बजे तमोर नदिले बगाउँदा बेपत्ता भएको प्रहरीले जनाएको छ । उनीहरुलाई पौडी खेल्ने क्रममा अचानक नदिले बगाएको प्रहरीले जनाएको छ ।

बेपत्ता भएकाहरुको खोजी कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।