Thursday, June 25News That Matters

ताप्लीको वडा नं १ मा पनि बिजुली पुग्यो, स्थानीय खुसी

पूर्णपुष्टि, माघ १९
ताप्ली गाउँपालिकाको १ नं वडा मादलेमा बजुली पुगेपछि स्थानीयहरु हर्षित भएका छन् । लामो समयपछि जनताहरुको सपना पुरा भएको भन्दै स्थानीयहरु खुसी बनेको हो । स्थानीय सरकार पछि पहिलो पटक त्यस ठाउँमा बिजुली पुगेको स्थानीय समिप राईले बताए । पहाडी ठाउँमा बत्तिको समस्याले लामो समयदेखि अन्धकारमा गुज्रिएको जनताले स्थानीय सरकारको महसुस गरेको राईले बताए ।


राष्ट्रिय बिधुत प्रसारण लाईबाट बालिएको बत्तिको उद्घाट मंगलबार पालिका अध्यक्ष उदब सिहं थापा तथा उपाध्यक्ष कमलामा राईले संयुक्त रुपमा गरे । पालिकाको वाड नं १ मा समेत बत्ति पुगेपछि अध्यक्ष थापाले ताप्ली गाउँपालिका अब अध्याँरो मुक्त भएको समेत घोषाण गरे ।

यस्तै कार्यक्रममा बिभिन्न पार्टीका स्थानीय नेताहरु समेतको उपस्थितिमा बत्तिको उद्घाटन भएको हो । कार्यक्रममा एमाले जिल्ला कमिटि सदस्य बाबुराम राई, नेपाली काङ्ग्रेस वडा १ का सभापति निरज राई, जनजाति महासंघ ताप्ली गाउँ पालीकाको अध्यक्ष फदिन्द्र बहादुर राई र प्रमुख प्रशासकिय रामचन्द्र लामा लगायतको उपस्थिति रहेको थियो ।