Tuesday, April 21News That Matters

ताप्लीमा एमालेको अग्रता, स्वतन्त्र दोस्रो

पूर्णपुष्टि, बैशाख ३१
ताप्ली गाउँपालिकामा हाल सम्मको मत परिणाम अनुसार एमालेले अग्रता लिएको छ । एमालेका पालिका अध्यक्ष उम्मेदवार बावुराम राईले ३७५ मत प्राप्त गर्दे अग्रता लिएको हो । त्यस्तै मुढा छापका स्वतन्त्र उम्मेदवार माहादेव रास्कोटीले दोस्रो मत प्राप्त गरेको छ । उनले २१६ मत ल्याउँदै दोस्रो स्थान ओगटेको छ । यसैगरी माओवादी र एकीकृत समाजवादीको संयुक्त गठबन्धनले ९४ मत प्राप्त गर्दै तेस्रो स्थान लिएको छ । कांग्रेसले भने हाल सम्म ५ मत मात्रै प्राप्त गरेको छ ।

यस्तै उपप्रमुखमा भने कांग्रेसले अग्रता लिएको छ । कांग्रेसका उम्मेदवारले ४०८ मत प्राप्त गर्दै उपाध्यक्षको अग्रता कायम गरेको छ । एमालेका उम्मेदवारले भने १३१ मत प्राप्त गर्दै दोस्रोमा छ । यता वडामा पनि एमालेकै उम्मेदवार अगाडी बढेको छ । एमालेका उम्मेदवारले २९७ मत लिएर वडाको अग्रता लिएको छ भने कांग्रेसले २४९ मत प्राप्त गरेको छ । ताप्लीको १ नं वडामा खसेको ११ सय मत मध्य ८ सय मत गनिसकेको अवस्था रहेको छ ।