
पूर्णपुष्टि, बैशाख २०
ताप्ली गाउँपालिकामा एमालेले चुनावी प्रचारलाई व्यापक बनाएको छ । मंगलबार चुनावी प्रचारको क्रममा ३ नं वडा स्थित माडिरेमा नेकपा एमालेका प्रदेश कमिटी सदस्य ममता मल्ल ठकुरीको प्रमुख आथित्यतामा भव्य चुनावी प्रचार कार्यक्रम सम्पन्न भएको हो । अतिथि सिंह सँगै ताप्ली गाउँपालिकाका अध्यक्ष उद्धव सिंह थापा, आउँदो चुनावका लागि प्रमुख पदका उम्मेदवार बाबुराम राई, उपाध्यक्ष मान कुमारी थापा लगायतको बिषेश उपस्थिति थियो ।
४ नं वडा कमिटीको आयोजनामा भएको चुनावी प्रचार सँगै पार्टी प्रवेशको पनि कार्यक्रम भएको छ । माओवादी लगायत बिभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका २६२ जना कार्यकर्ताहरुलाई कार्यक्रममा स्वागत पनि गरिएको छ ।
पार्टी परित्याग गर्नेहरु माओवादी केन्द्र वडा न ३ का कमिटी अध्यक्ष मित्र बहादुर घिसिंङ्ग , रंगमान बहादुर तामाङ्ग , गणेश बहादुर तामाङ्ग लगायत २६२ जना एमालेमा प्रवेश गरेको राष्ट्रिय युवा संघ जिल्ला कमिटी सदस्य तथा ताप्ली ईन्चार्ज समीप राईले जानकारी दिए । राईले नवप्रवेशीहरुलाई अबिर मालाले पार्टीमा स्वागत गरेको जनाए । नब प्रबेशी मित्र बहादुर तामाङ्ग लाई पार्टीले पालिका कमिटी सचिवालय सदस्यको जिम्मेवारी समेत दिएको छ ।
जिम्मेवारी सम्हाल्दै सदस्य तामाङले अध्यक्ष उम्मेदवार बाबुराम राई लगायतका टिमलाई पालिकामा भारी मतले विजय गराउने जनाएको छ । उनले हाल २६२ जना मात्र पार्टी प्रवेश गराएको र थप ३५० जनाको हाराहारीमा नयाँ कार्यकर्ताहरुलाई पार्टीमा प्रवेश गराउने समेत जनाएको छ ।
पालिका अध्यक्ष उम्मेदवार बाबुराम राईले जनताहरुलाई ठुलो सपना नबाँड्ने जनाएको छ । नेताहरु प्रति जनताको भारी गुणासोलाई सम्बोधन गर्दै राईले गर्न नसक्ने अपुरो सपना देखाई जनताहरुको निद्रा खलबल्याउने काम कहिल्यै नगर्ने जनाए । उनले जनताहरुको आवश्यकहरु सिमित रहने भएका कारण नेताहरु आफैले रणभुलमा पर्ने हिसावले भ्रम छर्न नहुने समेत जनाए । उनले जनताहरुलाई सुक्ष्म आवश्यकको महत्व हुने भन्दै ठुला सपनाहरुको औचित्य नहुने जनाएको छ ।
पालिकाको लागि सम्भावनाका कामहरु पक्की रोड र अँध्यारो मुक्त पालिका, पूर्वधार बिकास, शिक्षा, स्वास्थ र युबालाई रोजगारिको ब्यवस्था लगायतको काम नै पालिकावासीका लागि महत्वपूर्ण काम रहेको राईको बुझाई रहेको छ ।
यस्तैगरी पालिका उपाध्यक्ष उम्मेदवार मान कुमारी थापाले जनताहरुको हरेक आवश्यक आफ्नो प्रमुख काम रहेको जनाईन् । थापाले हालै हुने स्थानीय चुनावबाट एमालेका प्रतिनिधिलाई जनताहरुले चुने समृद्ध र सुखि पालिकावासी निर्माणमा आफुहरुको प्रमुख भुमिका रहने जनाईन् ।

