
पूर्णपुष्टि, भदौ ३० । नवनियुक्त तिन मन्त्रिले आज (सोमबार) सपथ लिएका छन् । राष्ट्रपति कार्यालयको खण्डहर भवन बाहिर प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितीमा तिन मन्त्रिले राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका हुन् ।
जेनजी आन्दोलनका क्रममा आगजनी भएपछि शीतल निवास पनि बस्न नमिल्ने अवस्थामा पुगेको थियो । खण्डहर कार्यालय बाहिर पाल टाँगेर अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जा, भौतिक योजान र सहरी विकासमन्त्री कुलमान घिसिङ र गृह र कानुनमन्त्री ओमप्रकाश अर्यालको शपथ ग्रहण गराईएको हो ।
आजको शपथमा अन्य अतिथीहरुलाई पनि बोलाइएको छ । सरकारी निकाय र कूटनीतिक नियोगका प्रमुखहरु पनि शपथमा उपस्थित छन् । घिसिङलाई तीन र अर्याललाई दुई मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
