
पूर्णपुष्टि, उदयपुर, भदौ २९ गते ।
उदयपुरको सरकारी कार्यालयहरु आजबाट संञ्चालनमा आएको छ । जेन्जी आन्दोलनले वन्द भएका कार्यालयहरुले आज देखी सेवा सुचारु गरेको हो । आन्दोलनकारीहरु केही सरकारी कार्यालयहरु समेत तोडफोड गरेका थिए । जिल्ला प्रशासन कार्यालय, वन कार्यालय, सिचाई कार्यालय लगायतमा तोडफोड भएका थिए । तोडफोडबाट क्षत्रीग्रस्त कार्यालयहरुलाई सरसफाई गरी सेवा सुरु गरिएको हो । सेवा पश्चात नागरिकहरु कार्यालय आउत जाउत गर्न थालेको हो ।
