Tuesday, June 9News That Matters

तुलशी बहुमुखी सहकारी संस्थालाई बचत फिर्ता माग गर्दै संघर्ष समिति गठन

पूर्णपुष्टि,फागुन ९ । उदयपुरको गाईघाटमा अवस्थित तुलसी बहुमुखी सहकारी संस्था लि.मि.लाई बचत कर्ताको बचत सुरक्षितका साथ फिर्ता गर्न माग गर्दे संघर्ष समिति गठन गरेको छ । मंलवार हिमाली टोलमा अवस्थित आर.एन होटलमा जेष्ठ बचत कर्ता भक्ति दाहालको संयोजकत्वमा समिति गठन गरिएको हो ।

गठित समितिको छलफलले कुनै पनि हालतमा बचत कर्ताहरुको बचत सहकारीले फिर्ता गर्नुपर्ने माग गरेका छन् । श्रेतका अनुसार संचालकले अवको १५ दिन भित्र सबै बचत फिर्ता गर्ने जनाएको छ । उक्त छलफलमा सम्बन्धित संस्थाका जिएमलाई झिकाउन आवस्यक रहेको जनाएको छ ।

स्थानीय बचत कर्ताहरुले यो अवस्थामा स्थानिय तह,राजनैतिक दल र सरोकारवाला सम्पुर्ण निकायहरुको साथ अझ बलियो भैदिए यो समस्याको समाधान हुन सक्ने बचत कर्ताहरुको बुझाई छ । बचतकर्ताहरु भने आफ्नो बचत फिर्ता हुन्छ या हुदैन भन्ने कुरामा ढुक्क नरहेको अवस्थामा छ । गाईघाट शाखामा करिब ४२ बढी बचतकर्ताहरु रहेको जनाईएको छ ।