
पूर्णपुष्टि, पुष ८ । तेस्रो उदयपुर खाना परिकार मेला तथा कोशी प्रदेश स्तरिय लाखेनाच प्रतियोगितात्मक महोत्सव २०८१ आज सम्पन्न हुँदै छ ।
महोत्सवमा करिब १८ लाख बराबरको कारोबार भएको आयोजकले जनाएको छ । झिगु नेवा पुच उदयपुरका सचिव गोपाल श्रेष्ठका अनुसार मेलामा नेवार समुदायको एमुरी, थारु समुदायको घुँगी लगाएतको परिकार धेरै बिक्रि भएको छ । महोत्सवमा विभिन्न साकृतिक कार्यक्रमहरु गरिएको थियो, जसमा लाखेनाच, साकेला तथा मानोरञ्जनात्मक कार्यक्रमहरु गरिएको थियो । पुष १ गतेदेखि संचालन भएको खाना परिकार मेलामा हजारौँ मानिसको सहभागी रहेको थियो । आज बेलुका मनोरञ्नात्मक कार्यक्रम सहित महोत्सवको समापन गरिने भएको छ ।
