
पूर्णपुष्टि, ९ पुष ।
त्रियुगा नगरपालिका वडा नं १५ ले पन्चबर्षिय रणनिति योजनाबाट बिकास कार्यलाई अगाडी बढाउने भएको छ । संघिय व्यवस्थाको दोस्रो कार्यकालमा दौडिरहेको उक्त वडाले पहिलो पटक आवधिक रणनिति पन्चबर्षिया योजना तयारीका साथ बिकास कार्य अघि बढाउने भएको हो । । पहिलो कार्यकालका निर बहादुर मगरको वडा नेतृत्वहरुले पूर्व योजना बिनै आफ्नो कार्यकाल सकाएका थिए । हालसालैका गणेश तिमिल्सिना नेतृत्वका वडा कमिटीले पनि आधा कार्यकाल सम्पन्न गरिसक्दा पन्चबर्षिय वडा योजना तयारीको काम सुरु गरेको हो ।

वडा अध्यक्ष गणेश तिमिल्सिनाका अनुसार वडाका कामहरुको कार्यन्वयन गर्ने निकायहरुलाई पन्चवर्षिय वडा योजना दस्तावेजको रुपमा तयार हुने जनाए । जनप्रतिनिधि, राजनितिक दल, टोल विकास संस्था, शिक्षक, बुद्धिजिवी, स्थानीय, अगुवा नेतृत्व सबैको उपस्थितिमा आवधिक रणनिति योजनाको तयारी संञ्चालनमा रहेको अध्यक्ष तिमिल्सिनाको भनाई छ । आईतबार देखी सुरु भएको योजनाको कार्यक्रममा बिषयगत र रणनितिहरु तयार भैसकेको तिमिल्सिनाको भनाई छ । अब सुधार, थप्नु पर्ने र घटाउनु पर्ने कुराहरु बाँकी रहेको छ । गएको कार्याकालहरुमा सिफारिसबाट योजनाहरु पठाउँदा प्रभावकारी नदेखिएको र वडाको कामहरु जनताले प्रत्यक्ष महशुस गर्न नपाएको बुझाई छ । योजनामा ५ ओटा समिति तयार पारी बिषयहरुको उठान गरिएको छ । भौतिक पूर्वधार, सामाजिक, वन तथा वातावरण विपद, आर्थिक सँगै स्थानीय उत्पादन, लोक कल्याणकारी पूर्वधार र पर्यटनलाई समेत जोड गरिएको छ ।
पन्चबर्षिय योजनाले वडावासीहरुमा भने उत्साह छाएको छ । यस योजनाले चुस्त दुरुस्त विकास, सुसासन, उत्पादन र प्राथामिकताको आधारमा काम गर्ने भन्दै अत्यावश्यक आवधिक पूर्व योजना बनेको स्थानीय युवा बिष्णु राईको बुझाई छ । योजना तथा बिषयगतको सहजीकरण बेलकाका पूर्व मेयर दुर्गा कुमार थापाले गरिरहेका छन् । उक्त योजनामा सबैको एकरुपता सहभागी भएको पाईएको छ ।

