Saturday, June 20News That Matters

तेस्रो र चौथो लहरको कोरोना बालबालिका केन्द्रित हुन सक्ने, सतर्क रहन स्वास्थ्य मन्त्रालयको आग्रह

पूर्णपुष्टि, जेष्ठ २२

हाल विश्वभर फैलिरहेको कोरोना चरणबद्ध बढ्दै गएको छ । पहिला बर्षको कोरोना थप क्षमता बृद्धि गर्दै भेरियन्टमा परिनत भई निकै घातक र आक्रमक बन्दै गएको छ । नेपालमा पहिलो चरणको कोरोनाले खासै असर नगरे पनि पहिलो पटक प्रवेश गरेका कारण धेरै मानिसहरु आत्तिए र डराए, एक बर्ष सम्म कोरोना सामना गरेको नेपालीले दोस्रो चरणको कोरोनालाई टेर्दा पनि टेरेनन् ।

यसैको परिणाम हो अहिले नेपालीले भोगि रहेको कोरोनाको भयावह, कोरोनाको नयाँ भेरियन्ट सहित दोस्रो लहर चलिरहेको अवस्थामा पनि नेपाली जनता र सरकार अटेरी अवस्थामै थियो । मान्छे निकै मर्न थालेपछि बल्ल अलिअलि होस खोल्यो । सरकारले बल्ल तल्ल उपत्यका लागायत जटिल स्थानहरुमा निषेधाज्ञा गर्यो । अहिले देशको दुई जिल्ला बाहेक सबै जिल्लाहरुमा निषेधाज्ञा गरिएको छ । तर पनि कोरोनाको लहर समुदाय परिवार र व्यक्तिहरुमा छिरिसकेको थियो ।

नेपालमा पहिलो चरको कोरोनाले भन्दा दोस्रो चरणको कोरोना घातक देखियो ठुलो संख्यामा संक्रमित फैलिनुका साथै मर्नेको संख्या पनि ह्वातै बढ्यो ।

पहिलो चरणको कोरोनाले कम्जोरी बुढाबुढी र दिर्घ रोगीहरुलाई बढी केन्द्रीद गर्यो भने दोस्रो लहरको कोरोनाले सबै खालको मानव शरिरलाई ध्वस्त बनाउने शक्ति ल्यायो । हाल यो भेरियन्टले बुढाबुढी, युवा, रोगी कोहिलाई पनि छाडेको छैन् । अझै बढी भन्ने हो भने त युवाहरु केन्द्रित बनेर आएको पाईन्छ ।

विश्वमा कोरोना नियन्त्रण नहुँदा यसरी बर्षेनी चरणबद्ध रुपमा बढ्दै नयाँ स्वरुप सहित भेरियन्टहरु उत्पादन गरिरहेको छ । यस्तै हो भने यो अझै घातक र दिर्घकालिन रोग बन्ने र मानव जिवनलाई सहज वातावरणमा जिउन निकै कठिन बनाउने देखिन्छ ।

स्वास्थ्य तथा जनसंख्या मान्त्रालयले तेस्रो र चौथो लहरको कोरोना बाट सजग रहन आग्रह गरेको छ । यो कुनै पनि बेला आईपर्ने अवस्था हुनाको कारण सामना गर्ने तयारी सहित सुरक्षित हुन अनुरोध गरेको हो । मन्त्रालयले कोभिड–१९ को तेस्रो, चौथो लहर आउन सक्ने कुरा बताउँदै पूर्व तयारीको जानकारी गराएको हो । स्वास्थ्य मन्त्रालयले शुक्रबार साँझ प्रेस विज्ञप्ति जारी गर्दै कोभिड–१९ को दोस्रो लहर जस्तै पुनः तेस्रो, चौथो लहर आउन सक्ने जनाएको छ ।

 

तेस्रो, चौथो लहरमा सबैभन्दा बढी बालबालिका सङ्क्रमित हुन सक्ने समेत विज्ञप्तिमा उल्लेख गरिएको छ । यो अवस्थालाई मध्यनजर गर्दै आफ्नो स्वीकृत शय्याको कम्तिमा २० प्रतिशत शय्या कोभिड–१९ सङ्क्रमित बालबालिकाको उपचारमा प्रयोग हुेन गरी तयारी अवस्थामा राख्न मन्त्रालयले विज्ञप्तिमार्फत् अनुरोध गरेको छ ।

साथै अक्सिजनको व्यवस्थापन समेत गर्न सबैमा अनुरोध गरिएको छ । कोभिड–१९ महामारी रोकथाम, निदान तथा बिरामीको उपचार व्यवस्थापनमा पुर्याएको योगदान प्रति सबै अस्पताल, स्वास्थ्य संस्थाहरु तथा स्वास्थ्यकर्मीहरुमा उच्च सम्मान व्यक्त गर्दै भावि दिनमा समेत यस प्रकारको सहयोगको उपेक्षा गरेको स्वास्थ्य मन्त्रालयले बताएको छ ।