
सुनिल राई, गाईघाट÷पूर्णपुष्टि, कार्तिक १ ।
कार्तिक २५ गतेदेखी त्रिनपा-४ बगाहा खेलमैदानमा जारी तेस्रो स्व। युवराज (कैलास) राई स्मृती फुटबल प्रतियोगिताको उपाधि इलाभेन स्टार फुटबल क्लब बोक्सेले जितेको छ । शनिबार सम्पन्न फाइनल खेलमा गाईघाट युनाइटेडलाई ०-३ गोलले हराउँदै इलाभेन स्टार बोक्से ले उपाधि चुमेको हो ।
बोक्सेका लागि जर्सी नम्बर १० का रविशंकर चौधरीले खेलको १० औँ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए भने खेलको ४४ औँ मिनेटमा जर्सी नम्बर २१ का सन्दीप लिम्बुले गोल गर्दै बोक्सीको अग्रता दोब्बर बनाए । त्यस्तै ६ मिनेटको थप अतिरिक्त समयमा चौधरीले एक गोल थप्दै सहज जित निकालेको हो । फाईनल खेलको म्यान अफ द म्याच बोक्सेका जर्सी नम्बर १० का रविशंकर चौधरीनै बने । उनले नगद रु १ हजार सहित मेडल र फ्लेक्स प्राप्त गरे ।
,
खेल अबधीभर गाईघा युनाईटेडले कुनै पनि गोल गर्न सकेन । यो टिम उपबिजेतामै चित्त बुझाउनु पर्यो । प्रतियोगिताको विजेता टोलीले नगद रु ५१ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेताले नगद रु ३१ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । स्वर्गीय कैलाश राई युवराजको यो लगतार तेस्रो संस्करण हो । उनि पूर्व खेलाडी तथा फुटवल प्रेमि थिए । त्रियुगा नगरको प्राविधिक शाखामा कार्यरत राईको करेन्ट लागेर निधन भएको थियो । मृतक राईको स्मृतिमा श्रदान्जली ब्यक्त गर्दै प्रतियोगिता गराईएको थियो ।
उपविजेता गाईघाट युनाईटेड
