Monday, April 20News That Matters

त्रियुगा नगरपालिकाको अस्थायी, ज्यालादारी तथा सेवा करार कर्मचारीको सम्झौता रद्ध

पूर्णपुष्टि, गाईघाट, कार्तिक १ गते ।
त्रियुगा नगरपालिकाले यहि कार्तिक १ गते देखी लागु हुने गरी अस्थायी, ज्यालादारी र करार सेवाका कर्मचारीहरुको सम्झौता रद्ध गरेको छ । मन्त्रिपरिषदको निर्णयलाई लागु गर्दै त्रियुगाले पनि करार लगायतका कर्मचारीहरु हटाउने निर्णय गरेको हो । उक्त निर्णय नेपाल सरकारले २०८२÷६÷५ गतेको मन्त्रिपरिषदको निर्णय र अर्थ मन्त्रालयको २०८२/६/८ को पत्र अनुसार प्रदेश र स्थानीय तहकै दरवन्दी बाहेकका कर्मचारी हटाउने निर्देशन दिईएकको थियो । सोही पत्रलाई आधार मान्दै त्यस्ता कर्मचारीहरु हटाउन २०८२÷६÷३१ गते नगरले निर्णय गर्दै कार्तिक १ देखी लागु हुने गरी कर्मचारी हटाएको हो ।