
पूर्णपुष्टि, जेष्ठ २८ । उदयपुरको बेलका नगरापालिकाले तोकिएको भन्दा बढी मुल्यमा रासायनिक मल विक्रि–वितरण गर्ने सहकारीमाथि कार्वाही गर्ने चेतावनी दिएको छ । स्थानिय तह ब्यबस्थापन समितिको २०७९÷८÷२६ गते बसेको बैठकले तोकेको मुल्यलाई कार्यान्वयन गर्न नगरपालिकाले जेष्ठ २८ गते सुचना जारी गर्दै शहकारीहरुलाई अनुरोध गरेको छ
बेलका नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत रमेश गौतमले स्थानिय तह ब्यबस्थापन समितिको बैठकले युरीया प्रति के.जी रु २५ र डिएपी प्रति के.जी रु ५५ मा विक्रि वितरण गर्ने निर्णय गरेको जानकारी दिए । यदी नगरपालिका भित्र कृषी बालीमा प्रयोग हुने राायनिक मल तोकिएको मूल्य भन्दा बढीमा विक्रि वितरण गरेमा कानुनी कारर्वाही गर्ने सुचनामा उल्लेख छ ।

