
पूर्णपुष्टि, जेठ १६ । उदयपुरको त्रियुगा नगरपालिकाका सामुदायिक तथा संस्थागत विद्यालयहरुलाई २ दिनको बिदा दिईएको छ ।
नगरपालिकाका शिक्षा युवा तथा खेलकुद शाखाका अधिकृत शिव कुमारी राउतले आज एक विज्ञप्ती निकाल्दै नगरपालिका भित्र संञ्चालित सबै विद्यालयहरुलाई जेठ १७ र १८ गते बिदा दिईएको जानकारी गराएका छन् ।
केही दिन देखी अत्याधिक गर्मी बढेको कारणले विद्यार्थिहरुलाई पठनपाठनमा समस्या भएको भन्दै विद्यायलहरुले गुनासो गरेकोले नगरपालिकाको आजको बैठकले बर्षे बिदाबाट मिलान हुने गरी २ दिन विद्यालय बन्द गर्ने निर्णय गरेको विज्ञप्तीमा उल्लेख छ ।
