
पूर्णपुष्टि, माघ १६ । गाईघाट÷ उदयपुरको त्रियुुगा नगरपालिकाको वडा नं. ११ ले आज जेष्ठ नागरिक, एकल महिला, विधवा र अपाङ्गता भएका ब्यक्तिहरुलाई सम्मान गरेको छ । वडाध्यक्ष सुमन्त कोइरालाका अनुसार वडाका जनालाई सम्मान गरेको हो । वडा कार्यालयमा बोलाएर सम्मान स्वरुप उनीहरुलाई विद्युतबाट पानी तताउने भाँडो उपहार स्वरुप गरिएको छ ।
जाडो मौसममा तातो पानी प्रयोग राम्रो हुने र चुल्लो र ग्याँसमा आगो बाल्न झन्जटिलो हुने भएकाले विद्युतबाट पानी तताउने भाँडो दिइएको वाडध्यक्ष कोइरालाले बताए । सम्मान कार्यक्रमको उद्घाटन गर्दै मेयर बसन्त बस्नेत, उपमेयर महेश्वरी राई र प्रमुुख प्रशासकीय अधिकृत मानबहादुर बनले बृद्धबृद्धाहरुलाई उपहार प्रदान गरे ।
मेयर बस्नेतले नगरले सबै जेष्ठ नागरिक, एकल महिला, विधवा तथा अपाङ्गता भएका ब्यक्तिहरुको सुरक्षा र संरक्षण गर्दै आएको बताए । उपमेयर राईले सबै वडाले बृद्धबृद्धाहरुलाई केही न केही न्यायो कार्यक्रमले सम्बोधन गरेको बताए । प्रमुख प्रशासकीय अधिकृत वनले बृद्धबृद्धाहरुको सम्मानबाट आशिर्वाद मिल्ने बताए । वडाको तर्फबाट उपहार पाएकोमा बृद्धबृद्धाहरुले खुसी ब्यक्त गरेका छन् ।

