Monday, April 20News That Matters

राष्ट्रपतिको निर्वाचन फागुन २५ मा हुने

पूर्णपुष्टि, माघ १६ गते ।

राष्ट्रपतिको निर्वाचन फागुन २५ गते हुने भएको छ । आज बसेको निर्वाचन आयोगको बैठकले फागुन २५ मा राष्ट्रपति र चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन गर्ने निर्णय गरेको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताए ।

उहाँका अनुसार राष्ट्रपतिको निर्वाचन मितिमा निर्वाचन तालिका पनि सार्वजनिक गर्न राजनीतिक दलहरुको माग रहेको बताए । केहि समयमा निर्वाचन तालिका समेत सार्वजनिक गर्ने छौँ । राष्ट्रपति तथा उप राष्ट्रपति निर्वाचनमा प्रतिनिधिसभा, राष्ट्रिय सभा तथा प्रदेश सभाका सांसद मतदाता हुन्छन् । संघीय संसद र प्रदेश सांसदको मतभार भने फरक फरक हुन्छ ।