
पूर्णपुष्टि, २६ वैशाख ।
त्रियुगा नगरपालिका १५ नं वडा इनामे बाउन्नी डाँडाँमा सोमावर साँझ आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । जंगलबाट निस्केको आगो घरमा प्रवेश गर्दा गौर बहादुर राईको काठ र फुसको छानाबाट बनेको घर जलेर नष्ट भएको हो ।
स्थानीय पदम बहादुर खत्रीका अनुसार राईको घरमा रहेको लत्ता कपडा, खाद्यन्न, भाँडा वर्तन सबै जलेर सकिएको जनाए । साथै कुखुराहरु पनि जलेको हुन सक्ने खत्रीको भनाई छ । अत्यादिक हावाका कारण आगो निभाउन नपाउँदा राईको घर जलेर नष्ट भएको खत्रीले बताए । खत्रीका अनुसार अन्य दुई घर समेत जोखिममा रहेको जनाएको छ । स्थानीयहरु मिलेर घर नजिकैको जंगलमा लागिरहेको आगो निभाउने काम भैरहेको जनाए ।
