Thursday, June 18News That Matters

नक्कली भुटानी शरणार्थी प्रकरणमा थप दुई बिचैलिया पक्राउ

पूर्णपुष्टि, बैशाख २६ । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले दुई बिचौलियालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामशरण केसी र गोविन्द चौधरी रहेका छन् ।

उनिहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार पक्राउ गरेको प्रहरी उपरीक्षक (एसपी) रविन्द्र रेग्मीले जानकारी दिए । उनका अनुसार केसी र चौधरीले बिचौलियाको भूमिका खेलेको छ। योसँगै यस प्रकरणमा पक्राउ पर्नेको संख्या १० पुगेको छ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा यसअघि पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, पूर्वगृहसचिव टेकनारायण पाण्डे, केशव दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, टंककुमार गुरूङ र एमाले सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी पक्राउ परिसकेका छन् भने पक्राउ पुर्जी जारी भईसकेका टोपबहादुर हाल फरार रहेका छन् । उनलाई प्रहरीले खोजी गर्न ७७ वटै जिल्लामा पत्राचार गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरोले पनि उनको खोजी गर्न टोली परिचालन गरेको छ। रायमाझी भारत पुगेको हुन सक्ने प्रहरीको आशंका छ ।