
ललित राई
पूर्णपुष्टि, २६ वैशाख ।
बेलका नगरपालिकामा मंगलबारबाट नगर स्तरिय लिग कप नकआउट चौथो मेयर कप सुरु भएको छ। नगरपालिका वडा नं ६ बुद्धचौक स्थित बुद्धचौक खेल मैदानमा मेयर असोक कार्कीले फुटबल खेलको उद्घाटन गरे ।
खेलमा नगरपालिका भरीका १२ वटा टिमले प्रतियोगितामा भाग लिएको बेलका नगर खेलकुद बिकास समितीका सचिव दिपन मगरले बताए । सचिव मगरकानुसार खेल आगामी जेठ ३ गते समापन हुनेछ। खेलमा बिजेता हुने प्रथम, द्वितीय टिमले क्रमश नगद ४१ हजार ,२१ हजार र शिल्ड,मेडल र ट्रफी प्राप्त गर्नेछन् ।

त्यसैगरी उत्कृष्ट खेलाडीहरुले बिभिन्न बिधामा १५ सय रुपैयाका दरले नगद प्राप्त गर्नेछन् भने प्रत्येक खेलमा मेन अफ दि म्याच घोषित हुने र जनही एक हजारको दरले नगद प्रदान गरीने आयोजकले बताए।त्यसैगरी अनुशासनको बिधा तर्फबाट अनुशासित खेल समुहले ५ हजार नगद र प्रमाणपत्र प्राप्त गर्नेछ । आज भएको उद्धघाटन खेलमा बुद्ध एकता क्लव बेलका ३ र खेलकुद विकास समिती बेलका ५ बिच प्रतिस्पर्धी भएको छ ।

