
पूर्णपुष्टि, २० असार ।
त्रियुगा नगरपालिका वडा नं १५ मा दुई सिचाई कुलो मर्मतको योजना संञ्चालनमा आएको छ । बिहिबार १५ नं वडा कार्यालयको आयोजनामा उक्त सिँचाई योजनाको उद्घाटन भएको छ । अधेरी खोला भलढुङ्गा बरुवा र अधेरी केराबारी सिँचाई कुलो निर्माण कार्यको योजना उद्घाटन भएको वडा अध्यक्ष गणेश तिमिल्सिनाले जनाए । उक्त सिँचाई मर्मतले कृषक तथा स्थानीयहरुको बाली उत्पादनमा सहज दिने र अपुग सिंचाईको व्यवस्थापन हुने अध्यक्ष तिमिल्सिनाको भनाई छ । उद्घाटन कार्यक्रममा त्रियुगा नगरपालिका वडा नं १६ का अध्यक्ष मान बहादुर राई, १४ का हिम राज मगरको पनि सहभागी रहेका थिए । उक्त सिंचाई मर्मतले स्थानीय वडावासीहरु उत्साहित छन् ।

