
पूर्णपुष्टि, २० असार ।
लिम्चुङबुङ गाउँपालिकाले मदिरा पदार्थ र सुर्ति जन्य पदार्थ निर्यातमा रोग लगाउने निर्णय गरेको छ । मंगलबार पालिकाको १८ औँ कार्यापालिका बैठकले उक्त निर्णय पास गरेको हो । पालिकाबासीहरुलाई स्वास्थ्य स्वच्छ र बिक्रिति रहित बनाउने भन्दै उक्त पदार्थ आयातमा रोक लगाईएको पालिकाले जनाएको छ । पालिका अध्यक्ष मेजर कुमार राईको अध्यक्षतामा बसेको कार्यपालिका बैठकको निर्णय नं २ ले अन्यत्रबाट आयात गरिने सिसाजन्य मदिरा तथा अन्य पेय पदार्थहरुमा रोग लगाएको हो । बियर, रक्सी, कोक, डिउ, फेन्टा, रेडवुल जस्ता पेय पदार्थ र सुर्तिजन्य खैनी, चुरोट, गुड्खा आदी सुर्ती जन्य पदार्थहरुमा रोग लगाउने निर्णय गरेको पत्रमा उल्लेख गरिएको छ । उक्त कार्यले लिम्चुङ्ब्ुङबासीहरुको गम्भीर स्वास्थ्य अवस्थालाई नियन्त्रण गर्ने पत्रमा भनिएको छ । स्थानीय आर्थिक अर्थतन्त्रको सुधार, महिला तथा घरेलु हिंसाको अन्त्य, गाउँ बिघटनको प्रत्यक्ष असर जस्ता सामाजिक बिक्रितिको अन्त्य गर्न उक्त निर्णय गरिएको पालिका अध्यक्ष मेजर कुमार राईले जनाए । हाल सम्म भित्रिएको पिय पदार्थ र सुर्ती जन्य पदार्थहरु असोज १५ सम्म बिक्रि बितरण गरिसक्नु पर्ने छ ।

