
पूर्णपुष्टि, चैत्र २२ । त्रियुगा नगरपालिका वडा नं १५ मा कोरोना विरुद्ध (कोभिड १९) को पहिलो र दोस्रो बुस्टर डोज लगाईदैँ छ । उक्त खोप यहि चैत्र २७ देखी ३० गते सम्म लगाईने जनाईएको छ । त्रिनपा १५ स्वास्थ्य चौकी रानीवासको पत्र अनुसार वडाको बिभिन्न विद्यालय तथा भवनहरुलाई केन्द्र वनाएर खोप लगाईने जनाएको छ । सम्पूर्ण वडावासीहरुलाई खोपमा सहभागी हुन वडा कार्यालयले अनुरोध समेत गरेको छ ।

वडाअध्यक्ष गणेश तिमिल्सिनाले उक्त वडामा रहेको सम्पूर्ण वडावासीहरुलाई खोपमा सहभागीका लागि आह्वान गरे । कोरोना भाईरस पछिल्लो समय बिभिन्न भेरियन्ट भै थप खतरनाक हुँदै गरेको अवस्थामा पहिलो र दोस्रो बुस्टर लगाई सुरक्षित हुन समेत सुझाए । स्वाथ्य कार्यालयको पत्रअनुसार ५५ बर्षदेखी माथिका सबै नागरिक, १२ बर्ष देखी माथीका सबै दिर्घरोगीहरु, गर्भवती महिला र स्वास्थ्यकर्मीहरुले सहभागी जनाउन सक्ने छ । उक्त खोप कार्यक्रम वडाको सिद्धवति मा.वि खाँवु, जनता मा.वि वरुवा डहर, श्री नि.मा.वि छाम्लिङ र स्वास्थ्य चौकी भवन रानीवास गरी जम्मा ४ स्थानमा लगाईने वडा सदस्य डम्वर बहादुर राईले जनाए । यी सबै केन्द्रहरुमा फरक फरक मितिमा खोप संञ्चालन गरिने स्वास्थ्य कार्यालयले जनाएको छ ।
