Friday, May 22News That Matters

झापामा हुने तेस्रो मिस्टर ग्यालेक्सी प्रतियोगिताको लागि उदयपुरबाट तीन जना सहभागी

पूर्णपुष्टि,चैत्र २२ । आगामी चैत्र २४ र २५ गते झापामा हुन लागिरहेको प्रदेश स्तरीय तेस्रो मिस्टर ग्यालेक्सी शारिरिक शुगठन प्रतियोगितो २०७९का लागि उदयपुरबाट तीन जनाले सहभागी जनाएको छ । सहभागी तीनै जना खेलाडीहरु गाईघाट स्थित स्टार बडी फिटनेस क्लवका रहेका छन् । खेलाडीहरुलाई शुभकामना सहित बुधबार क्लवले भव्य विदाई समेत गरेको छ ।

दिलिप चैधरी,महेस लामा र राजु चौधरी
                                                                      दिलिप चैधरी,महेस लामा र राजु चौधरी

प्रतियोगितामा दिलिप चैधरी,महेस लामा र राजु चौधरीले सहभागिता जनाएको क्लवका संञ्चालक हरि राईले जानकारी दिए । संञ्चालक राईले विदाईको क्रममा आफ्नो खेलाडीले जिल्लालाई जिताउने समेत विश्वास्त दिलाए । झापाको वितामोर्डमा हुने उक्त खेल प्रदेश नम्बर १ भरि रहेका १४ ओटै जिल्लाका लाडीहरुले सहभागिता जनाउने छ ।

प्रतियोगिताको लागि प्रि–सेलेक्सनबाट खेलाडीको छनौट गरिने छ । ग्यालेक्सीका सञ्चालक तथा आयोजक समितिका कोषाध्यक्ष चन्द्र राना ‘लाफा’का अनुसार ‘२४ गते हुने प्रि–सेलेक्सनबाट प्रत्येक समूहमा २५ खेलाडी सहभागि गराइनेछ । प्रतियोगितामा ५०,५५,६०,६५ र ७० केजी तौल समूहका खेलाडीहरुबीच प्रतिस्पर्धा हुने बताए ।

उक्त प्रतियोगिताको विजेताले नगद २ लाख सहित मेडल, ट्रफि र पुरस्कार प्राप्त गर्नेछन् भने उपविजेताले नगद एक लाख २५ हजार सहित मेडल, ट्रफि पाउनेछन् । यता तेस्रो विजेताले पनि नगद रु ७५ हजार, चौथो हुनेले ५० हजार र पाँचौ हुनेले नगद ३० हजार प्राप्त गर्ने समितिका संरक्षक सन्दीप शेर्माले बताए । सम्पूर्ण बिजेताहरुलाई प्रमाण पत्र समेत उपलब्ध गराईने आयोजकले जनाएको छ ।

२०६९ गाईघाटमा स्थापन भएको स्टार वडि क्लवले आफ्नै जिल्लामा बिभिन्न प्रतियोगिताहरु आयोजना गरी सकेको छ । २०७२ सालमा “मिस्टर उदयपुर शारीरिक सुगठन प्रतियोगिता २०७२” र “मिस्टर सगरमाथा शारीरिक सुगठन प्रतियोगिता २०७२”को आयोजना गरेको थियो ।