Monday, June 15News That Matters

त्रिनपा १५ रानिवासमा ९ थान ह्वील चियर वितरण

पूर्णपुष्टि,जेष्ट ८ । त्रियुगा नगरपालिका १५,रानिवासमा शारिरीक रुपमा अपांगता भएकाहरुलाई समाज सेवी भाग्वत राउतको पहलमा निःशूल्क ९ थान ह्वील चियर वितरण गरिएको छ । मंलवार वडा कार्यालयको सभाहलमा भएको एक कार्यक्रमको विच शारिरीक रुपमा हिडडुल गर्न कठिन भएकाहरुलाई राउतको पहलमा ९ थान वितरण गरिएको हो ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष दिवस कटुवालको प्रमुख आतिथ्यमा रानिवासका अपांगता भएकाहरु बिनद्र बहादुर मगर, बुद्धिमान सार्की, छबिर मान राई, बिवेक राई, रुप बहादुर मगर, मोहनमति राई, लिल बहादुर मगर, सिता कुमारी मगर र लिल बहादुर मगरलाई ह्वीलचियर वितरण गरेको हो । रोटरी ईन्टरनेश्नल क्लब र जापानी संस्था द काओ जोङ जी फाउन्डेसनको समन्वयमा ह्विल चेयर उपलब्ध गराईएको राउतले बताउनुभयो ।

गत बैसाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा त्रियुगा नगरपालिकाको मेयर पदमा पराजित भएपनि एमाले नेता तथा नेत्रज्योति संघ उदयपुरको अध्यक्ष तथा युवा समाजसेवी राउत हाल नगरबासीहरुको मन जित्न बिभिन्न सामाजिक कार्यमा सकृय देखिन्छ । उनको पहिलमा जिल्लामा बिभिन्न स्थानहरुमा निःशूल्का आखाँ शिविरको आयोजनाहरु सञ्चालन गर्दै आएका छन् । कार्यक्रममा स्थानीय बुद्धिजिवी, बिभिन्न पार्टीका प्रतिनिधि साथै स्थाीयहरुको उपस्थितिमा कार्यक्रम गरिएको हो ।