Monday, June 15News That Matters

साकेलाको अवसरमा कोशी प्रदेश खारेजीको माग, आङ्काजी शेर्पा गोपाल किराती लगायत बक्ता गाईघाट आउने


पूर्णपुष्टि, ७ जेष्ठ ।
साकेलाको अवसरमा पहिचानवादीहरुले कोशी प्रदेश खारेजीको माग गर्ने भएको छ । गाईघाट स्थित पिपलचोकमा मंगलबार साकेला सहितको भव्य सांकृतिक प्रदर्शन कार्यक्रम हुने भएको छ । कोशी प्रदेश नामाकरण खारेज संयुक्त संघर्ष समिति उदयपुरको आयोजना तथा किरात राई यायोख्खा जिल्ला कार्यसमिति उदयपुरको समन्वयमा कार्यक्रम हुने भएको हो ।

समितिका अध्यक्ष गंगा राईका अनुसार गाइृघाट पिपलचोकमा ११ बजेबाट कार्यक्रम सुरु हुने जनाएको छ । कार्यक्रममा कोशी प्रदेश खारेजीको माग सहितको र्याली टोली बजार परिक्रमा गरेर पिपल चौक पुगि कोणसभामा परिणत हुने छ ।

कार्यक्रममा बिभिन्न साकेला सहितको सांस्कृतिक कार्यक्रम र बक्ताहरुले बिषेश भनाई राख्ने राईले जनाईन् । यस्तैगरी कार्यक्रमलाई सम्बोधन गर्न आदिवासी जनजाति नेता आङ्गकाजी शेर्पा लागायतको टाली आउने राईको भनाई छ । शेर्पा सहित पूर्व मन्त्री गोपाल किराती, राजनितिक बिश्लेषक युग पाठक, किरात राई यायोख्खा केन्द्रीय समितिका अध्यक्ष रमेश राई र यायोख्खा केन्द्रीय माहासचिव भिम राई लगायत भोली गाईघाट आउने कार्यक्रम रहेको राईले जनाईन् ।