Monday, April 20News That Matters

त्रिनपा १६ भलिवल प्रतियोगिता : पुरुष तर्फ सुकौरा र महिला तर्फ युनिभर्सल वुमन प्रथम

पूर्णपुष्टि, उदयपुर÷कार्तिक, ३ गते ।
त्रियुगा नगरपालिका वडा नं १६ मा शनिवार र आईतबार भएको भलिवल प्रतियोगिताको पुरुष तर्फको प्रथम पुरस्कार सुकौरा र महिला तर्फ युनिभर्सल वुमन भलिवल क्लव प्रथम भएको छ । आईतबार वडाको जाल्पा चिलाउने माविको खेल मैदानमा सम्पन्न खेलमा पुरुष तर्फ १० र महिला तर्फ तिन गरी जम्मा १३ ओटा टिम सहभागी बनेको थियो । प्रतियोगिताको पुरुष तर्फ प्रथम टिमलाई १० हजार नगद प्रमाण पत्र र ट्रफि प्रदान गरिउको छ भने महिला तर्फ रु ७ हजार नगद मेडल र प्रमाण पत्र प्रदान गरिएको छ । यस्तै पुरुष तर्फ शाहिखोला दोस्रो र आहाले तेस्रो भएको छ । यी दुवै टिमलाई क्रमश ः ७ हजार र ५ हजार नगद सहित मेडल र प्रमाण पत्र पुरस्कार प्रदान गरिएको छ । यस्तै महिला तर्फ काभ्रे भोर्ले दोस्रो र म्याडम टिम तेस्रो भएको छ । यी दुई टिमलाई क्रमश ५ हजार र ३ हजार नगद सहित प्रमाण पत्र र मेडल प्रदान गरिएको छ ।

प्रतियोगिताको प्रमुख अथिति तथा वडाअध्यक्ष समेत रहेको मान वहादुर राईले वडाको आर्थिक वर्ष २०८२÷०८३ को स्वीकृत कार्यक्रम अनुसार वडा स्तरीय युवा तथा खेलकुद विकास समितिको आयोजनामा प्रतियोगिता आयोजना गरिएको बताए । वडा कार्यालयले विगतका वर्षदेखि नै नियमितरूपमा युवा तथा खेलकुद लक्षित कार्यक्रम अन्तर्गत यस किसिमको कार्यक्रम सञ्चालन गर्दै आएको अध्यक्ष राईको भनाई छ। स्थानीय क्षेत्रमा युवाहरूको खेलप्रतिको आकर्षण बढ्ने मात्र नभई स्थानीय खेलाडी उत्पादन हुने उदेश्य सहित प्रतियोगिता गराईएको हो ।

राईले खेलमा विजय हासिल गर्ने टिमहरुलाई बधाई र कार्यक्रमको आयोजना तथा संयोजन गर्ने वडा स्तरीय युवा तथा खेलकुद विकास समितिलाई धन्यवाद व्यक्त गरे । कार्यक्रममा वडा सदस्य घमान सिंह राई, कर्मचारी मिलन राई, वडा सचिव महेश खनाल लगायत खेलाडी, दर्शक खेलप्रेमी र स्थानीयहरुको बिषेश उपस्थिति रहेको थियो । खेल अबधीभर कार्यक्रम संञ्चाल वडा युवा तथा खेलकुद विकास समितिका सचिव भुवन राईले गरेका थिए ।