
पूर्णपुष्टि, वैशाख ९ गते ।
स्थानीय तहको निर्वाचन नजिकीएसंगै उदयपुरमा जनप्रतिनिधीहरुले धमाधम राजिनामा दिनथालेका छन् । त्रियुगा नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष केदार थापा (उदब ) ले राजिनामा दिएका छन् । थापाले २०७९ को निर्वाचनमा पुन उमेदवार बन्ने भन्दै राजिनामा दिएको हो ।
निर्वाचन आयोगले उमेदवार बन्न वाहालवाला जनप्रतिनिधीले राजिनामा दिनपर्ने अनिर्वाय व्यवस्था गरेको छ । नेपाली काङ्ग्रेस ५ वडा समितिले यस अघि नै सिफारिस गरिसकेको छ । पार्टीले पुन वडा अध्यक्षका लागि टिकट दिने भएसंगै उनले राजिनामा दिएका हुन् । उमेदवार हुन चाहाने जनप्रतिनिधीले राजिनामा दिने क्रम जारी नै रहेको छ ।

