
पूर्णपुष्टि,चैत्र २९ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट ६० लाख ९८ हजार रुपैयाँसहित ९ नेपाली र ३ विदेशी नागरिक पक्राउ गरेको छ । विमाननस्थलको अन्तराष्ट्रिय उडानतर्फको प्रस्थान एरियामा चेक–चाँच गर्ने क्रममा सोमबार र मंलबार ९ जना नेपाली र तीनजना विदेशी ४५ हजार अमेरिकी डलर र ९२५ यूरो (६० लाख ९८ हजार) नेपाली रुपैयाँसहित विमानस्थल प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुको राहदानी चेक–जाँच गर्दा उल्लेखित परिमाणको रकमको दरपिठ गरेको नदेखिएको साथै अबैध रुपमा लुकाई छिपाई बाह्य मुलुकतर्फ लान लागेकाले उनीहरुलाई आवश्यक अनुसन्धान एवं कानूनी कारबाहीको लागि राजश्व अनुसन्धान विभाग, हरिहरभवन पुल्चोक, ललितपुर पठाइएको जनाइएको छ।
