Wednesday, July 1News That Matters

बैतडीमा जिप दुर्घटना : एकै गाउँका ६ जनाको मृत्यु

पूर्णपुष्टि,चैत्र २९ । बैतडीमा जिम दुर्घटना हुँदा एकै गाउँका ६ जनाको मृत्यु भएको छ । गए राति बैतडीको पाटन नगरपालिका–८ झौलकस्थित जिप दुर्घटना हुँदा जिपमा सवार एकै गाउँका ६ जनाको मृत्यु भएको हो ।

प्रहरीका अनुसार खोड्पेदेखि बझाङ जाँदै गरेको से १ ज ७६४ नम्बरको जिप गएराति ११ः२५ बजेको समयमा पाटन नगरपालिका–८, झाउले स्थित सडकको घुम्तीबाट जिप खसेको थियो

जिप सडकबाट करिब ५०० मिटर तल खस्दा बझाङको केदारस्युँ गाउँपालिका–५ का मने बोहरा, नरे बोहरा, गोरख बोहरा, बिर्ख धामी, मानबहादुर धामी र बिरे धामीको मृत्यु भएको प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए ।

दुर्घटनाको समयमा जिपमा १२ जना थिए । तीमध्ये ४ जनाले हामफालेर ज्यान जोगाएको र चालक फरार रहेको प्रहरी निरीक्षक खत्रीले बताए ।